कालिका नगरपालिकाद्धारा जेष्ठ नागरिक दिवसको अवसरमा योग तालिम
चितवन, कालिका। कालिका नगरपालिकाले जेष्ठ नागरिक दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई योग कार्यक्रमको आयोजना गरेको छ ।
जेष्ठ नागरिक उत्थानशिलता वदलिँदो विश्वको लागि अपरिहार्यता भन्ने नाराका साथ ३१ र्औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा वोल्दै कालिका नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिर्थी विनोद रेग्मीले कालिका नगरपालिकाले जेष्ठ नागरिकलाई जस्तो सुकै सेवा दिन पनि तयार रहेको बताउनु भयो । जेष्ठ नागरिकहरुको नगर स्वाथ्य चौकीमा निशुल्क उपचार हुने गरेको भन्दै उहाँले उमेर बढ्दै जादा विभिन्न रोगहरु लाग्ने र रोगबाट बच्न योग सिकाउने र त्यसले पनि ठिक नभए अस्पतालमा आएर निशुल्क सेवा लिन आग्रह गर्नुभयो ।
कार्यक्रमकी अध्यक्ष एवं कालिका नगरपालिकाकी उपमेयर बिमला तामा·ले निम्न वर्गको स्वाथ्य बिमा नगरपालिकाले गर्ने गरेको र जेष्ठ नागरिकहरुले निशुल्क उपचार पाउने व्यवस्था रहेको बताउनु भयो । जेष्ठ नागरिकहरुलाई स्वस्थ राख्ने उदेश्यले योग तालिम सगै आयुर्वेदिक औषधी वितरण गरिएको भन्दै योगले वढ्दो उमेरमा स्वस्थ रहन मद्धत पुग्ने बताउनु भयो । उहाँले बिहान बेलुकाको समयमा घरमा योग गर्न समेत सहभागीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका प्रशासकीय अधिकृत केशव उपाध्यले नगर क्षेत्र भित्र रहेका आमा बुवाहरूलाई सुख दुख साट्ने र आत्मियता साटासाट गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले नगरपालिका सधै जेष्ठ नागरिकको सेवामा सेवारत रहेको भन्दै घर घरमा गएर जेष्ठ नागरिकहरूलाई स्वास्थ उपचार दिने व्यवस्था नगरपालिकाले मिलाउन लागेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ केन्द्र चितवनका प्रमुख डा. कोपीला अधिकारीले सहभागिहरुलाई योग सिकाउदै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले जेष्ठ नागरिकलाई स्वस्थ रहन आवश्यक पर्ने आहार विहार, आयुर्वेदिक उपचार थेरापी, स्नेहन, स्वेदन सिरोधारा, भान्साघर औषधालय लगाएतका विषय समेट्नु भएको थियो ।
सो अवसरमा जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै जेष्ठ नागरिकहरु बिच म्यूजिकल चेयर खेलाईएको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















