0Shares

चितवन – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनस्थित आफ्नो नयाँ घरमा सरेका छन् ।

आज सोमबार प्रचण्ड भरतपुर महानगरपालिका १४ शिवनगर स्थित प्रचण्ड टोलमा नवनिर्मित एकतले घरमा सरेका हुन्। पत्नी सीतालाई उनले आफ्नो त्यही नयाँ घरमै राख्ने भएका छन् ।

करिब १० कट्ठा जमिनको मध्यभागमा उक्त घर बनेको छ। उक्त जमिन प्रचण्डको पैतृक सम्पत्ति हो। घर बनेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्रमै पर्छ। प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रचण्ड आफ्नै घरमा सरेका हुन्। प्रचण्ड मंगलबार काठमाडौं फर्किने कार्यतालिका छ । तर सीता भने चितवनमै बस्ने भएकी छिन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement