0Shares

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।

सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

उनका अनुसार इन्टरपोलमा डिफ्युजन नोटिस जारी गरेको दुई दिन भएको छ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक(पटक बलात्कार गरेको आरोप लागेको थियो।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी(२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।

केही समयअघि नै लामिछानेले नेपाल आउन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको थियो। तर उनले बुकिङ भइसकेको फ्लाइट टिकट रद्द गरेका थिए।

लामो समयसम्म विदेशमा रहँदा उनी पीडितको सम्पर्कमा जाने हुन् कि भन्ने प्रश्न पनि उठेको छ। तर पीडित प्रहरीकै संरक्षणमा भएको प्रहरी अधिकृतले बताएका छन्।

उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्‍लसँगको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।

त्यसका लागि आफू केही दिनमै नेपाल फर्किने बताएका थिए। उनले आफूले क्यारेबियन प्रिमियर लिग टिम जमैका छाडेको पनि बताएका थिए। इएसपिएन क्रिकइन्फोले भने सन्दीपलाई टिमबाट निकालेको उल्लेख गरेको थियो। साथै तत्काल नेपाल फर्‍काउने सिपिएलले बताएको थियो।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। निलम्बनको कारबाही गरे पनि क्यानले सन्दीपले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर अर्कै होटलमा बसेकोबारे छानबिन गर्ने बताएको छ।

छानबिन कहिले र कसरी गर्ने विषय क्यानमा कुनै छलफल भने अघि बढेको छैन। घटना भएपछि प्रहरीले प्रमाण संकलन गर्ने काम पनि गरेको परिसरले जनाएको छ।

जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ।

त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ। उनीहरू भदौ ५ गते राति ११स् ५५ मा होटल पसेको देखिएको छ। त्यहाँ उनीहरू कोठा नम्बर ३०५ मा बसेको परिसरले जानकारी दिएको छ।

सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्। त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement