0Shares

चितवन – बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले घुमफिर वर्ष २०७९ र ८० घोषणा गर्ने भएको छ ।

घुमफिर वर्षको चितवनको सौराहामा एक भव्य कार्यक्रमबीच उद्घाटन गरिने आज ९आइतबार० आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । घुमफिर वर्षको बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नेछन् ।

कोभिडका कारण थपिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ०७९ र ८० लाई घुमफिर वर्षको रुपमा मनाउन लागिएको संस्कृति तथा पर्यटन मन्त्रालयको संस्कृति पर्यापर्यटन तथा वातावरणमा शाखा प्रमुख उत्तम चापागाईले जानकारी दिए ।

घुमफिर वर्षले थलिएको पर्यटन क्षेत्र उकासिने चापागाईको विश्वास छ । ‘कोभिडका कारण पर्यटन क्षेत्रलाई सबै भन्दा धेरै असर गर्‍यो । पर्यटन क्षेत्र ठप्प भयो । थलिएको पर्यटनलाई उठाउन घुमफिर वर्ष मनाउने निर्णय भएको हो’, उनले भने ।

सौराहा बागमती प्रदेशकै मुख्य पर्यटकीय गनतव्य भएकोले यहाँबाट घुमफिर वर्षको सुरुवात गर्न लागिएको उनले बताए । घुमफिर वर्षको सुरुवातसँगै पर्यटन प्रवर्द्धनका लागि सौराहामा सम्पर्क कार्यालय स्थापनाको योजना गरहेको समेत उनले सुनाए । यसले बागमती प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

घुमफिर वर्ष कार्यक्रमले प्रदेशका सबै १३ वटै जिल्लालाई समेट्ने चापागाईले बताए । गत भाद्र १६ गते बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले २०७९ (८० लाई घुमफिर वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । यसका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ । यसका लागि व्यवसायीहरुले पनि आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने उनले बताए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement