भदौ १९
चुनावको मुखमा आएर नागरिकता विधेयक पास गरेकोप्रति सासंसद कृष्णभक्क्त पोख्रेलले आपति जनाउनु भएको छ ।
गोर्खाली टोल बिकास संस्था भरतपुर ११ ले आयोजना गरेको शुभकामना एवं संम्मान कार्यक्रममा वोल्दै उहाँले आउने वितिकै नागरिकता दिनु भन्दा पनि कम्तिमा पाँच वर्ष पछी मात्रै दिने व्यवस्था गर्न भनिए पनि आफ्नो केही नलागेको बताउनु भएको छ ।
नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । मैले विदेशी महिला नेपालमा आउदै गर्दा उनीहरुलाई यहाँ बस्न मन लाग्छ की लाग्दैन । उनीहरुको मन छिट्ै परिवर्तन हुन्छ की कम्तीमा पनि पाँच वर्ष समय सिमा राख्नु पर्छ भन्ने विचार राखेको थिए । तर सो नभई नागरिकता विधेयक चुनावको मुखमा आएर पास गरीएको छ उहाँले भन्नु भयो । सांसद पोख्रेलले आफ्नो कार्यकालमा निकै महत्वपुर्ण कानुनहरु बनाउन सफल भएको बताउनु भयो । १ सय ७६ वटा कानुन बनेको भन्दै उहाँले सबै कानुन व्यवहारीक रहेको बताउनु भयो ।
आफ्नो कार्यकालमा दुई वर्षमात्रै पैसा आएको र सो समयमा बसेनी लाामटोल बाटोका लागि तिन करोड ७५ लाख र विशालचोक गाईखर्क चोक बाटो निर्माणमा गरेको बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ११ का वडा अध्यक्ष कमल मल्ले वडाको बाटा, विजुली, खानेपानी, स्वाथ्य लगाएत न्युनतम पुर्वाधार निर्माणमा वडा लागेको बताउनु भयो ।
सो अवसरमा गोर्खाली टोल बिकास संस्थाका पुर्व अध्यक्ष एवं टोल बिकास संस्थामा विभिन्न समयमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा टोल बिकास संस्थाकी अध्यक्ष धनु थापा मगरको अध्यक्षता रहेको थियो ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















