अगस्त र सेप्टेम्बरमा डिभी २०२२ का विजेता सबै नेपालीहरुको भिसा करेन्ट
आगामी सेप्टेम्बरमा सबै डिभी विजेता नेपालीहरुको भिसा करेन्ट हुने भएको छ । अर्थात् जुनसुकै केस नम्बर भएका डिभी विजेताहरुले पनि सेप्टेम्बरमा भिसा पाउन सक्नेछन् ।
अगस्तमा पनि नेपाली लगायत विश्वका सबै डिभी विजेताको भिसा करेन्ट छ । चालु आर्थिक बर्षका डिभी विजेताहरुले सेप्टेम्बरभित्र भिसा लिइसक्नुपर्ने प्रावधान रहेको छ । यद्यपी जुलाईमा भने डिभी विजेतालाई भिसा करेन्ट हुँदा एसियामा नेपालीलाई ६३ सयको सिमाबन्दी तोकिएको थियो ।
डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी र फेब्रअुरीमा भिसा दिइएको थिएन । मार्चबाट अमेरिकी दूतावास काठमाडौंले डिभी विजेताको अन्तरवार्ता लिन सुरु गरेको थियो ।
आर्थिक बर्ष सन् २०२२ का लागि गत मे ८ मा डिभी लोटरीको नतिजा सार्वजनिक गरिएको थियो । अमेरिकी विदेश मन्त्रालयका अनुशार आर्थिक बर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरुले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोश्रो हो । एसियामा सबैभन्दा धेरै इरानका ५७३९ जनाले डिभी पारेका छन् ।

बढीमा ५५ हजार डिभी विजेताहरुले भिसा पाउनसक्ने भएतापनि १ लाख १९ हजार २१ जनाले सन् २०२२ को डिभी पारेका छन् । उनीहरुमध्ये कैयन अयोग्य हुनसक्ने भएकाले अमेरिकाले भिसा दिने नम्बरभन्दा धेरैलाई डिभी पार्दै आएको छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















