रत्ननगरमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण
चितवन, साउन २१ । रत्ननगरमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम दिएको छ । ह्युमन नेपाल कैलालीले आयोजना गरेको सो तालिममा मानसिक रोगको समस्या, रोकथाम, उपचार बारे विषयका प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा ह्युमन नेपाल कैलालीका अध्यक्ष उमेश सिवाकाटीले समाजमा रहेको मानसिक व्यक्तिहरुको स्तर उन्नती गर्न यो कार्यक्रमले मद्त गर्ने बताए ।
शिक्षक तथा विद्यार्थीहरुलाई मनोसामाजिक शिक्षाबारे जानकारी गराउनुका साथै प्रहरीसंगको सहकार्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामुलक
कार्यक्रम गर्ने उनले बताए ।
कार्यक्रमकी प्रमुख अतिथि रत्ननगर मेलमिलाप केन्द्रकी अध्यक्ष लक्ष्मी चौधरीले महिला, वालवालिका मनोवैज्ञानिक रोगले ग्रसित र चिन्तत बनेको
बताईन् । उनले भनिन्, ‘अन्य रोग लागेमा औषधि उपचार गरेर निको हुन्छ, मानसिक रोग लागेमा औषधि उपचारले निको हुँदैन ।’ यसलाई राज्यले विशेष
प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् ।
सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भूपेन्द्र अधिकारीले चितवनमा दैनिक आत्महत्याका घटनाहरु बढिरहेकाले यो कार्यक्रम चितवनमा गर्नुले
प्रसंशा गर्न लाएक भएको बताए ।
ह्युमन नेपालका मनोविद् प्रेमनाथ भट्टराईले कार्यक्रममा प्रशिक्षण दिएका थिए । विश्वमा करिव २० देखि ३० प्रतिशत जनसंख्या मानसिक स्वास्थ्य
समस्याबाट पिडीत रहेको प्रशिक्षणका क्रममा उनले बताए । नेपालमा प्राथमिक स्वास्थ्यकेन्द्र आउने ४० प्रतिशत सेवाग्राहीहरु मानसिक स्वास्थ्य लिएर
आउने गरेको उनको भनाई छ ।
मानसिक स्वास्थ्य सेवा चाहिने मध्ये ९० प्रतिशत उपचारको पहुँचमा नरहेको उनले बताए ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















