जसपाबाट निकालिए बाबुराम, संघीय परिषद् अध्यक्षमा अशोक राई
0Shares
३० असार, वीरगञ्ज । जनता समाजवादी पार्टी ९जसपा०को संस्थापन पक्षाले संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसहित ९ जना कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको छ ।
अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले भट्टराईलाई हटाएर संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । साथै भट्टराईसहित गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको नेताहरूले बताएका छन् ।
बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरेको थियो ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















