35Shares

चितवन, असार ३०–

युवा पत्रकार नकुल अर्यालले आसन्न नेपाल प्रेस युनियनको केन्द्रीय महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् । अर्यालले आज गृहजिल्ला चितवनमा पुगेर महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् .

अर्यालय चितवनबाट पत्रकारिता सुरु गर्दै हाल संघीय राजधानी काठमाडौंमा कार्यरत छन् । उनी नेपाल प्रेस डटकमका समाचार संयोजक हुन् । अर्यालय नेपाल प्रेस युनियन काठमाडौं शाखाका पूर्व अध्यक्ष समेत हुन् । जुझारु युवा नकुल अर्यालय पत्रकारको हकहितमा निरन्तरत लड्दै आएका छन् । उनले पत्रकारको हकहितका लागि नै अहिले युनियनको महासचिवमा उम्मेद्वारी घोषणा गरेको बताए । गृहजिल्ला चितवन आइपुगेका अर्यालले भने–‘पत्रकारको हकहितमा लड्नु नै मेरो पहिलो प्राथमिकता हो, अहिलेम्म पत्रकारको पक्षमा लड्दै आएको छु, महासचिव भएर अझै लड्ने छु ।’

उनले प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पेशागत सुरक्षाका लागि प्रेस युनियनले महत्वपूर्ण ट्रेड युनियन संस्थाको रुपमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।
अर्यालले आफ्नो उम्मेद्वारी घोषणा गर्दै चितवनका अग्रज पत्रकार र युनियनका सदस्यहरुसग छलफल गरेका छन् । उनले आफ्नो एजेन्डा प्रस्तुत गरेका थिए । चितवनको कायाकैरन राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका अर्यालले चितवनकै सिनर्जी एफ.एम. र आक्रमण साप्ताहिकमा पनि काम गरेका थिए ।

काठमाडौंमा एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, हिमालय टेलिभिजन, एपीवान टेलिभिजन र योहो टेलिभिजनमा काम गरेको अनुभव अर्यालसँग छ । उनले हिमालय टाइम्स राष्ट्रिय दैनिक र देशान्तर मिडिया ग्रुपमा पनि काम गरेका छन् । रेडियो नेपालको चर्चित कार्यक्रम ‘घटना र विचार’को सञ्चालक रहीसकेका अर्याल हाल नेपाल प्रेसको समाचार संयोजक रहेका छन् । अर्याल डेढ दशक लामो समयदेखी निरन्तर पत्रकारितामा क्रीयासिल रहदै आएका छन्।

अर्याल नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य समेत हुन् । उनी त्यसबेला पहिलो बैठकमै महासंघको सदस्यता शुद्धिकरण, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, श्रमजीवी पत्रकारको पक्षमा सशक्त आन्दोलन लगायतका विषयमा लिखित एजेण्डा प्रस्तुत गरेका थिए । प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् ।

युनियनको नवौं महाधिवेशन आउँदो साउन ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ ।

35Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement