0Shares

भरतपुर । भरतपुर अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गरी विगत केही दिनदेखि नेपालमा कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ नतिजा आउने र अस्पतालमा भर्ना हुने क्रम बढ्दो रहेको जनाएको छ ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन एवं प्रवक्ता डा. गोविन्द कँडेलले जारी गरेको विज्ञप्तिमा भरतपुर अस्पतालमा हाल एक जना बिरामीमा कोभिड सङ्क्रमण पुष्टि भई उपचाररत रहेको र अन्य बिरामीहरु सम्पर्कमा रहेको बताउँदै कोभिड सङ्क्रमणबाट बच्नका लागि जनस्वासथ्यका मापदण्डहरुको पालना गरी सुरक्षित रहन अपिल गरेका छन् ।

डा. कँडेलले सही तरिकाले मास्क लगाउन, बारम्बा साबुनपानीले हात धुन र कम्तीमा दुई मिटरको भौतिक दुरी कायम राख्न तथा भीडभाडमा नजान आग्रह गरेका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement