0Shares
निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली अनलाइनबाटै संकलन गर्ने भएको छ ।
निर्वाचन कार्यालयहरुमा भिडभाड र ढिलासुस्ती भएको भन्दै आयोगले मतदाताको सहजिकरणको लागि यस्तो व्यवस्था उपलब्ध गराउने भएको हो ।
आयोगले ‘भोटर लिस्ट रजिस्ट्रसन सिस्टम’ तयारी पारेको छ । खासगरी आयोगले पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरबाट सुरु गर्ने जनाएको छ ।
त्यसका लागि फोटो सहितको मतदाता नामावली दर्ता गर्न आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भर्नुपर्ने छ ।
अनलाइन फारम भरेपनि उक्त व्यक्तिगत विवरणको प्रिन्ट र आवश्यक कागजात लिएर औंठा छाप दिन भने निर्वाचन कार्यालयनै उपस्थित हुनुपर्ने आयोगले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















