0Shares

भरतपुर । जिल्ला समन्वय समिति चितवनको सभापति पदमा नारायणप्रसाद अधिकारी विजय भएका छन् । मंगलबार भरतपुरमा सम्पन्न मतदानमा गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन ।

सातवटा पालिका रहेको चितवनमा पालिका प्रमुृख र उपप्रमुख गरी १४ जना सदस्यले मताधिकार प्रयोग गर्दा एमालेका अधिकारी र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँगे्रसका पूर्णबहादुर रानाभाटले बराबर मत ल्याएपछि गोलाप्रथा गर्दा अधिकारीले जितेका हुन् । उपसभापति पदमा भने गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा यस अघि नै निर्विरोध भइसकेकी छन् ।

उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । उनको स्थानमा एमालेले उम्मेदवार नउठाएपछि कल्पना निर्विरोध भएकी हुन् ।

त्यसैगरी सदस्यहरुमा ६ सदस्यमध्ये एमालेबाट ४ जना र गठबन्धनबाट २ जना विजयी भएका छन् । एमाले र गठबन्धनको बराबर सात/सात मत आएपछि गोला प्रथाबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका संजीवप्रसाद पौडेल, नेकपा एमालेका कृष्णप्रसाद भट्टराई र बाबुराम सुवेदी निर्वाचित भए । ३ जनाका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । गोलाप्रथाबाट नेकपा ९माओवादी केन्द्र०का अर्जुन भण्डारी, धर्मलाल देवकोटा र एमालेका लक्ष्मीनारायण चौलागाई पराजित भए ।

महिलातर्फ तीन जना सदस्यका लागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीकी पुजना गुरुङ १४ मत प्राप्त गर्दै निर्वाचित भइन् । महिला सदस्यहरुमा नेकपा एमालेकै सविता चौधरी र अनिता नेपाल पनि गोलाप्रथाबाट नै निर्वाचित भए । कांग्रेसकी अनिता चौधरी र माओवादीकी सुमित्रा तामाङ श्रेष्ठले पराजित हुन पुगे ।

एक जना दलित वा अल्पसंख्यक सदस्यमा एमालेकी गुनु विक गोलाप्रथाबाट निर्वाचित भइन् । नेपाली कांग्रेसकी केशरी माया सुनार र गुनुको बराबर ७ मत भएपछि गोलाप्रथाबाट विक निर्वाचित भएकी हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको निर्वाचनमा कुल १६ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरि १४ जनाले भाग लिएका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement