लालमतिको आर्शिवाद लिदै सुवेदी, यसैगरी हाँस्दै आउनु छोरा
शान्ता अधिकारी
वैशाख १७ भरतपुर। अहिले जसरी हाँसेर आएका छाँै । चुनाव जितेर यसै गरी हाँस्दै आउनु । मेरो आर्शीवाद छ छोरा । ९७ वर्षीय लालमति लामाले नेकपा एमाले भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार विजय सुवेदीलाई आशीवार्द दिदै गर्दा वरपरको माहोल भावुक बन्यो ।
आज परेको माता तिर्थ औशीको दिन बिहानैबाट परेको मुसलधारे वर्षालाई पनि प्रवाह नगरीकन विजय सुवेदी लालमति लामो घरमा पुग्नु भयो । आफ्नो अाँगनमा एकाबिहानै नेतालाई लालमतिले देख्दा के गरौ र कसो गरौ हुनुभयो । यता र उता गर्दै छेउको कुर्सीमा बस्दै भन्नुभयो, “एक महिना भयो म एमाले भएको । एमाले राम्रो पाटी भनेको बुढेसकालमा बुझे । बुढेसकालमा काँग्रेस छोडेर एमाले रोजेको थिए । आज यो उमेरमा नयाँ छोरा पाए । मेरो छोरालाई सधै जितको शुभकामना छ । जिते पछि हास्दै आउनु बाबु” । आशीर्वाद लिदै गर्दा मेयरका उम्मेदवार सुवेदी भावुक हुनुभयो ।
भरतपुर महानगरपालिकाको वडा नम्बर ११ को लामा टोलमा रहनु भएकी जेष्ठ महिला लालमति लामासँग माता तिर्थ औशीको अवसरमा आशिर्वाद लिन सुवेदी पुग्नु भएको थियो । आमालाई खादा लगाएर फलफुल दिदै सुवेदीले हाम्रो परिचय भन्नु नै आफ्नो कला र संस्कृति रहेको बताउनु भयो । जेष्ठ नागरिकप्रति सम्मान र आधार भाव एमालेले सधै गरेको बताउदै उहाँले सानालाई माया र ठुलालाई सम्मानगर्न यो र यस्ता चाडपर्व महत्वपूर्ण हुने बताउनु भयो । सो अवसरमा सुवेदीले आमा लालमति लामाको दिर्घ जीवनको कामना गर्दै सम्पूर्ण जेष्ठ नागरिकप्रति आफ्नो पाटी जिम्मेवार रहेको बताउनु भयो ।
सो अवसरमा उहाँले उपमेयरका उम्मेदवार हिमला गुरुङ्गलाई सम्झनु भयो । आमा समान बौद्धीक व्यक्तित्व हिमलाले महिलाहरुको न्याय र मुक्तिको लागि अहिलेसम्म अविवाहीत भएर लागीरहेको भन्दै सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानका लागि पनि हिमलालाई जिताउनु पर्ने बताउनु भयो ।
सो अवसरमा सुवेदीले लामा टोलमा रहेका अन्य जेष्ठ नागरिकहरुलाई पनि भेट्नु भएको थियो । भेटमा जेष्ठ नागरिकहरुले बसी बसी खान दिने पाटीलाई एक भोट पक्का भन्दै सुवेदीलाई आर्शिवाद दिएका थिए ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















