एमालेबाट खैरहनीको मेयरमा चौधरी, उपमेयरमा उप्रेतीको उम्मेदवारी
चितवन, वैशाख १२-
आगामी स्थानीय तह निर्वाचनका लागि खैरहनी नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुख ,उपप्रमुख र वडा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ ।
एमालेबाट नगर प्रमुखमा लालमणि चौधरी, उपप्रमुखमा कविता उप्रेतीले मनोनयन दर्ता गराएका हुन् ।
चौधरी खैरहनीको संस्थापक नगर प्रमुख समेत हुन् । उम्मेदवार बन्न निवर्तमान नगर प्रमुख चौधरीले आइतबार पदबाट राजीनामा दिएका थिए । नगरको १३ ओटै वडामा अध्यक्ष , सदस्यका लागि एमालेले मनोनयन दर्ता गराएको छ । गठबन्धनले भने केही बेर पछि मनोनयन दर्ता गर्न लागेका छन् ।
गठबन्धनका तर्फबाट नगर प्रमुखमा कांग्रेसका शशी कुमार खनिया र उपप्रमुखमा माओवादी केन्द्रबाट लक्ष्मी ढकालले उम्मेदवारी दिदै छन । दिउँसोसम्म नगर प्रमुखका लागि केही दल र स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















