0Shares

चितवन,बैशाख १२ नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले मदन–आश्रित र वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् । आज उम्मेदवार दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारी, जीवराज आश्रितको सालिक र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् ।

उनले पार्टी कार्यालयमै २०६२÷६३ को जनआन्दोलनमा चितवनमा सहिद भएकी तुलसी क्षेत्रीका छोरालाई सम्मान गर्दै आशिर्वाद लिएका छन् ।

भरतपुर महानगरको प्रमुखमा कांग्रेसले माओवादी उम्मेदवार रेनु दाहाललाई समर्थन गरेको छ । कांग्रेसका संस्थापक नेता कोइरालाको सालिकमा माल्यार्पण गरेर सुवेदीले कांग्रेसका मतदाताको ध्यान खिचेका छन् । उनले भरतपुरमा काँग्रेसको मतदातालाई आकर्षित गर्न घरदैलो अभियानलाई पनि तीब्रता दिएका छन् ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement