धादिङमा बस र कार एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु
0Shares
धादिङ । धादिङमा बस र कार एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत थाक्रेँ गाउँपालिकाको जुंगेखोलामा बस र कार एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो ।
धादिङतर्फ आउँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ जाँदै गरेको ०१–०२६–च २९६८ कारलाई ठक्कर दिएको थियो।
दुर्घटनामा कारमा सवार पाँचै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङप्ले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















