सौराहामा वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी
रत्ननगर,५ बैशाख। चितवनको पर्यटकीय नगरी सौराहामा दुर्लभ वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी गरिएको छ । २७औँ वन्यजन्तु सप्ताहअन्तर्गत सौराहाको निकुञ्ज प्रवेशद्वारमा वन्यजन्तुको फोटो प्रदर्शनी गरिएको हो ।
नेपाल वाडल्डलाइफ फोटोग्राफर्स क्लबले फोटोमार्फत वन्यजन्तुको मह¤व बुझाउन फोटो प्रदर्शनी गरेको हो । फोटो प्रदर्शनीमा जंगलका हात्ती, गैँडा, बाघदेखि निकुञ्जमा पाइने पुतलीसम्मको फोटो प्रदर्शनीमा राखिएको छ ।
अनुभवी फोटोग्राफरहरुले खिचेका ७५ वटा फोटो प्रदर्शनीमा राखिएको सौराहाका व्यवसायी तथा क्लबका अध्यक्ष लोजिककृष्ण श्रेष्ठले जानकारी दिए । ‘फोटो हेरेपछि मान्छेको मनमा उसको मह¤व झल्किन्छ’, उनले भने, ‘यसले वन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने भाव मन–मनमा पस्न सक्छ ।’
प्रदर्शनीमा लोभलाग्दा फोटाहरु पनि छन् । हात्तीले सहवास गर्दै गरेको, नदीमा गोहीले माछा समात्दै गरेको, बाघले सिकार गर्दै गरेको, गैँडा घाँसे मैदानमा रमाउँदै गरेको, नदीमा पानीचरा खेल्दै गरेको तस्बिर प्रदशनीमा राखिएको छ ।
वैशाख १ गतेबाट सुरू भएको सप्ताहअन्तर्गत नदी सरसफाइ, विद्यालय सचेतना, अवैध सामग्रीबारे सचेतनामूलक कार्यक्रम गरिएको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए । स्थानीयवासीमा वन्यजन्तु संरक्षणको भाव जगाउँदै उपलब्धिमूलक गतिविधि गरेर सप्ताहको समापन गरिने उनको भनाइ छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















