0Shares
७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उनले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी गरे ।
‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्’ उनले भने । ओलीले एमालेले ‘गणेश प्रवृत्ति’लाई स्वीकार नगर्ने पनि बताए ।
सो कार्यक्रममा एक युवकले ओलीलाई एक युवा र ७ करोड लिएर आउने व्यक्ति कसलाई छान्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले अनुचित पैसा र अनुचित कारोबार एमालेले स्वीकार नगर्ने बताए ।
उनले एमालेलाई खरिद गर्न सम्भव नभएको पनि बताए ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















