0Shares

भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने गठबन्धन पार्टीहरुले निर्णय गरेसँगै चितवनका काँग्रेसहरुमा असन्तुष्टि बढेको छ । चितवनबाट काँग्रेसको केन्द्रीय सदस्यले नै यो निर्णयप्रति आपत्ति जनाएका हुन् । भरतपुरमा कांग्रेसले गत निर्वाचनमा पनि माओवादी केन्द्रलाई सघाएको थियो । त्यसबेला कांग्रेसबाट उम्मेदवारी दिइसकेका कोइरालाको उम्मेदवारी सभापति शेरबहादुर देउवाले केन्द्रबाट पत्राचार गरेर फिर्ता लिएका थिए ।

भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति मेरो घोर आपत्ति छ: नेता गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वचितवन जिल्ला सभापति टेकप्रसाद गुरुङले भरतपुरको मेयर माओवादीलाई दिने निर्णयप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताएका छन् ।

उनले कांग्रेस चितवनका नेता तथा कार्यकर्ताको भावना विपरित गठबन्धनको निर्णय गरिएको भन्दै त्यसले नतिजा राम्रो नदिने बताएका हुन् । नेता गुरुङले भने, ‘केन्द्रीय कमिटीको बैठकको भावना विपरित केन्द्रबाट नै निर्णय गरिएको छ । यो निर्णय मान्न हामी तयार छैनौं । केन्द्रीय कमिटीले नै जिल्लाका नेता कार्यकर्ताको भावना र वस्तुस्थिति हेरेर निर्णय गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको थियो । त्यही निर्णय विपरित जबर्जस्ती गठबन्धन गरिएको छ ।’ उनले जिल्लामा यस विषयमा थप छलफल गरिने आगामी योजनाका बारेमा निचोडमा पुगिने बताए । वडा, पालिका, क्षेत्र र जिल्लाको निर्णयलाई अवमूल्यन गर्दा नतिजा प्रतिकुल आउने उनको भनाइ छ ।

कांग्रेसले नै भरतपुरको मेयरमा उम्मेदवारी दिन्छ,माओवादीलाई सहयोग गर्दैनः दिनेश कोइराला

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइरहेको भन्दै पार्टीले त्यस्तो निर्णय नै गर्न नसक्ने र पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार समेत त्यस्तो निर्णय गर्न नमिल्ने बताएका छन् ।

चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो । यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेसजनले भावना तथा विचार व्यक्त गरिरहनुभएको छ,’ कोइरालाले विज्ञप्तिमार्फत् भनेका छन्, ‘कांग्रेस भरतपुरका २९ वटै वडा, महानगर कार्यसमिति र चितवन जिल्ला कार्यसमितिले समेत चितवनमा मेयर कांग्रेसले पाउनुपर्ने निर्णय लिएका छन् । त्यसैले कांग्रेसले नै भरतपुरको मेयर पदमा उम्मेदवारी दिन्छ । कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेसजन र आम जनताको विचार तथा भावना विपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन ।’

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement