गठबन्धनबीच यस्तो छ ११ उपमहानगरपालिकाको सम्भावित भागबण्डा
काठमाडौं । सत्तारूढ दलहरूबीच वैशाख ३० को स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमतिले व्यवहारिक रुप लिन सकिरहेको छैन । सोमबारको संयुक्त वक्तव्यसँगै अब सिट भागबण्डाको विषयले प्रवेश पाएको छ । केन्द्रबाट तल्ला तहसम्ममा भागबण्डा मिलाउन नसकिनेमा सबै दलहरू सहमत देखिन्छन् ।दाबी जसको जेसुकै भएपनि निर्वाचनमा तालमेल गरेर जाने भए सबै दलले कहीँ न कहीँ त्याग गर्नैपर्छ । यसका लागि गठबन्धन दलहरू लगभग त्यो मनस्थितिमा पुगिसकेको स्रोत बताउँछ ।
सबै उपमहानगरपालिकामा एक्ला–एक्लै लड्दा जित देखिरहेको कांग्रेस आफूले तालमेल नगरे एमालेसँग कसै न कसैको तालमेल हुने र त्यसले आफूलाई नोक्सानी पुग्ने अवस्था देखेको छ । त्यसैले उसले केही त्याग गरेर अगाडि बढ्न चाहेको देखिन्छ ।
तर कति त्याग ? त्यो भने बार्गेनिङको क्रममा हुनेछ ।
दलहरूभित्र यो बार्गेनिङको क्रम चल्दैगर्दा हालसम्म अनौपचारिक छलफलमा चलेको खाका प्राप्त भएको छ ।
हालसम्म ११ मध्ये नौवटा उपमहानगरको भागबण्डाको एउटा प्रस्तावमा मोटामोटी सहमति भएको देखिन्छ । दुईवटामा अझै सहमति जुटिसकेको छैन । जसमा सबैको दाबी छ ।
अहिलेसम्म कांग्रेसलाई इटहरी, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी लगभग पक्कापक्की भएको छ । यद्यपि इटहरीमा नेकपा एसले दाबी छाडेको छैन । यस्तै माओवादी केन्द्रलाई जीतपुर सिमरा र घोराही, नेकपा एसलाई हेटौंडा र जसपालाई जनकपुर राखिएको छ ।
धरान र कलैयामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा सबैले दाबी गरेका छन् । तर कांग्रेसले पहिल्यै जितेका उपमहानगर भएकाले उसैले पाउनसक्ने स्रोत बताउँछ ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















