२७ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको हो ।
मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको थियो । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गरेको भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियाले जानकारी दिए । ।
उनका अनुसार सुवेदीलाई सर्वसम्मत रुपमा मेयरमा सिफारिस गर्न भरतपुर महानगर कमिटीको वैठकमा २०७४ सालका मेयरका उम्मेदवार देवी ज्ञवालीको प्रस्ताव गर्ने र सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका थिए ।
सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री भएका थिए । भरतपुर महानगरपालिका-१२ का स्थायी वासिन्दा उनले एमाले चितवनको पार्टी प्रमुख भएर तीन कार्यकाल नेतृत्व सम्हालेका थिए ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















