हनुमानझुलामा एमालेमा प्रवेश गर्नेहरुको लहर
माडी ९ हनुमानझुलामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर लागेको छ ।
मङ्गलवार हनुमानझुलामा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । मङ्गलवार नेकपा एमालेमा प्रवेश गर्नेहरुमा नेकपा माओवादी गाउँ इकाइ कमितिका पुर्वसचिव दिपेश गुरुङ, नेकपा माओवादीको तर्फबाट कार्यपालिका सदस्यका उम्मेद्वार भक्तबहादुर प्रजाल, इकाइ सदस्य किशोर गुरुङ लगायत रहेका छन्। प्रवेश गर्नेहरुमा अधिकांश माओवादी कार्यकर्ता रहेका छन् । माओवादी पार्टीले खोक्रो आश्वासन देखाएर झुटको खेती गरेको, नातावादमा केन्द्रीत रहेको, निष्पक्ष काम गर्न नसकेको र सुकुम्वासीको हितमा काम गर्न नसक्ने भएकोले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको दिपेश गुरुङले जानकारी दिनुभयो । पार्टी प्रवेश गर्नेहरुलाई नेकपा एमाले चितवन जिल्ला कमिटि सदस्य एवं माडीका इञ्चार्ज शिवहरि सुवेदीले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले माडी नगर अध्यक्ष नारायणप्रसाद अधिकारी, नगर सचिव श्रीप्रसाद दवाडी, उप सचिव मोहदत्त काफ्ले, सचिवलाय सदस्य मानबहादु बिष्ट, जगराम प्रजा, एजी परियारले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















