0Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।

कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै साे योजना प्रस्तुत गरेको जनाएको छ। यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा हो।

कम्पनीका अनुसार मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनिले सावधिक र आजीवनको विशेषता भएको नेपाल लाइफ अनमोल जीवन जीवन बीमा योजना बजारमा ल्याएको हो।

बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो।

१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन्। बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम रू. २५  हजारदेखि आयश्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिने छ।

बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ। यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १ छुट प्राप्त हुनेछ तर अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन। त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३ थप लाग्नेछ भने मासिक छनोट गर्दा ६ थप लाग्ने कम्पनीले जनाएको छ।

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. एक करोड सम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सक्ने छन्।

यस्तै, १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. एक करोडसम्मको बीमाशुल्क छुट तथा पूर्णअशक्तता लाभ सुविधा लिन सक्ने छन्।

१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. ५०  लाखसम्मको घातक रोग सुविधा लिन सक्ने छन्।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement