0Shares

काठमाडौं । पर्सामा एक व्यक्तिले कान्छी श्रीमती र अन्य तीन व्यक्तिको सहयोगमा आफ्नै घरमा जेठी श्रीमतीलाई बन्धक बनाएर योनाङ्गमा लठ्ठी छिराएको प्रहरीले जनाएको छ।

फागुन ९ गते भएको उक्त घटनापछि पाचैँ जना फरार भएका सहयोगीमध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिकाका ५१ वर्षीय महादेव भन्ने शेराजुल र ५० वर्षीय जोहरा खातुन पक्राउ परेका हुन्।

पिडितका श्रीमान र सौता भने फरार रहेको प्रहरीले जनाएको छ। घाइते अवस्थामा उद्धार गरिएकी ४६ वर्षीया पिडित महिला उपचारपछि सोमबार घर फर्किएकी थिइन्। उनको पाठेघरमा गम्भिर समस्या देखिएको थियो।

प्रहरीका अनुसार कान्छि श्रीमती ल्याएपछि पिडितमाथी दुर्व्यवहार हुँदै आएको थियो। पिडितले अंश सम्बन्धी मुद्धा हालेपछि उनीमाथी दुर्व्यवहार थप बढेको प्रहरीले जनाएको छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement