0Shares
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् ।
कुन आधारमा त्यो राखिएको भन्दै ओलीले सच्याउनुपर्ने बताए ।
‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे,’ पार्टीनिकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा भने, ‘किन राख्ने ? यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’ओलीले थपे, ‘सबैतिर रुखै रुख देखुन् भनेर हरियो राख्ने हो ? यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो हुँदैन ।’
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















