पल शाहलाई अनुसन्धानका लागि गैंडाकोट लगियो
0Shares
२४ फागुन, काठमाडौं । एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अनुसन्धानका लागि अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ ।
जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् ।
शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले जाहेरी दिएकी थिइन् । उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी निरीक्षक खनालले बताइन् ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















