काठमाण्डौ । कोभिड–१९ विरुद्धको खोप पैसा लिएर लगाइएको खुलासा भएको छ।
सरकारले कोभिडविरुद्धको खोप अभियान नै चलाएर निःशुल्क रुपमा जनता लगाइरहेकै बेला कोभिड–१९ विरुद्धको खोप छानबिन समितिले पैसा लिएर खोप लगाएको पाइएको खुलासा गरेको हो।
कोरोनाविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले ५ सदस्यीय छानबिन समिति गठन गरेका थिए । सोही समितिले आज छानबिन प्रतिवेदनमा कोरोनाविरुद्धको खोप अभियानमा गम्भीर लापरबाही भएको औँल्याएको हो।
प्रतिवेदनमा पैसा लिई खोप लगाएको र खोपको उचित भण्डारण नगरेका कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको उल्लेख छ। खोप अभियान सञ्चालनका क्रममा लापरबाही गर्ने निकायबारे सत्यतथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव पनि प्रतिवेदनमा दिइएको छ।
सम्बन्धित खवर
-
चितवन,असोज ११- चितवनको ...
-
चितवन- नेपाली काँग्रेसको १५औँ ...



















