0Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ ।

आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो ।

निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेको एक आयुक्तले बताए ।

यसमा आयोग सकारात्मक बनेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि आयोग आन्तरिक छलफलमा जुटेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement