0Shares

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई कोभिडविरुद्धको खोपमा २ अर्ब ५० करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् । स्वास्थ्यमन्त्री खतिवडाले राज्यकोषको रकम हिना मिना गरेको भन्दै उनीविरुद्ध छानबिन गरी कारबाहीको माग युवा संघले गरेको छ ।

मन्त्री खतिवडा नियुक्त भएदेखि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र सोको मूल्य करिब २ अर्ब ५० करोड रूपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधानबमोजिम कारबाही गर्न माग गरिएको उल्लेख छ ।

No description available.

 

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement