0Shares
काबुल — अत्यधिक हिमपातका कारण अफगानिस्तानमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । अधिकारीहरूले ७६ जना घाइते भएका जनाएका छन् ।
प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला २० दिनमा हिमपातका कारण २ हजारभन्दा बढी घरमा क्षति पुगेको छ ।
हिमपात प्रभावितलाई अस्थायी शिविर बनाएर राखिएको र अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराइएको जनाइएको छ । तर कतिपय स्थानमा भने प्रतिकूल मौसमका कारण प्रभावितको खोजी, उद्धार तथा राहतका लागि समस्या भइरहेको जनाइएको छ ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















