0Shares

माडी १० माघ । माडी नगरपालिका वडा नं ९, ८ र ७ का विपन्न परिवारका विद्यार्थीहरुका लागि सोमबार कापी वितरण गरिएको छ ।

विद्यार्थीहरुलाई कापीको अभाव भएको जानकारी पाएपछि लमजुङ छापाखाना नारायणगढका सञ्चालक वेदप्रकाश पण्डित र शिभम् टान्सप्रोटका सञ्चालक रमेश रानाभाटको सहयोगमा माडीका राईटोल ,शिवद्वार, परुईका विपन्न परिवारका विद्यार्थीहरुका लागि कापी वितरण गरिएको हो । विद्यार्थीहरुलाई कापी वितरण गर्दै माडी नगरपालिकाकी उपमेयर ताराकाजी महत्वले सङ्कटको समयमा विपन्न परिवारका विद्यार्थीहरुलाई कापी उपलब्ध गराउने सहयोगी प्रति धन्यवाद ज्ञापन गर्दै सङ्कटको समयमा धैर्य भएर अगाडि बढ्न विपन्न सुकुम्बासी परिवारलाई आग्रह गर्नुभयो ।

सोही अवसरमा बोल्दै माडी नगरपालिका प्रवक्ता शिवहरि सुवेदीले स्टेशनरी अभाव भएको समयमा सहयोग गर्ने सहयोगी प्रति धन्यवाद ज्ञापन गर्दै जस्तोसुकै अवस्थामा पनि बालबालिकाहरुलाई शिक्षा बाट बञ्चित नगर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुका लागि कापी हस्तान्तरण कार्यक्रममा माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नेकपा एमाले माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो ।

आर्थिक अभावका कारण कोही पनि बालबालिका शिक्षा बाट बञ्चित हुनुहुँदैन भन्दै लमजुङ छापाखाना नारायणगढका सञ्चालक वेदप्रकाश पण्डितले आगामी दिनमा पनि आर्थिक अभावमा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement