नबिलले बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता
काठमाडौँ — नबिलले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने (एक्वीजिसन) सम्झौता भएको छ । स्रोतका अनुसार बंगलादेश बैंकलाई एक्वीजिसन गर्नेगरी ललितपुरको एक होटलमा सम्झौता भएको हो । एक्वीजिसनपछि बंगलादेश बैंकको १ सय कित्ता बराबर सेयर हुनेले नबिलको ४३ कित्ता पाउने गरी मोटामोटी स्वाप रेसियो निर्धारण भएको छ ।
सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि स्वाप रेसियोको अन्तिम टुंगो लाग्नेछ । मुख्य लगानीकर्ता आईएफआईसी बंगलादेश बैंकमा भएको सेयर बिक्री गरेर बाहिरिन खोजेको छ । त्यो सेयर चौधरी ग्रुपले किन्ने भएपछि नबिलमा बंगलादेश बैंक विलय हुन लागेको हो ।
यी बैंकबीच धेरै पहिलेदेखि नै प्राप्तिको हल्ला चलेको हो । यद्यपि सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा कुरा मिलिसकेको थिएन । ती विषयमा कुरा मिलिसकेपछि औपचारिक रुपमा दुबै संस्थाले प्रक्रिया अघि बढाएका हुन् । यसअघि नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो । युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा प्राप्ति गरेको हो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















