0Shares

चितवन, पुस २६ कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेला यसवर्ष नहुने भएको छ ।
आज जिल्ला प्रशासन कार्यालयले चितवनमा बसेको बैठकले देवघाटमा माघ १ गते लाग्ने मेला कोभिडका कारण रोक लगाउने निर्णय गरेको हो ।
प्रत्येक वर्ष माघे संक्रान्तिका दिन देवघाटमा स्नानका लागि ठूलो मेला लाग्ने गरेको छ ।
उता जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने सबै खाले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई दुई दिन समयर दिएर बाँकी आयोजनाको तयारीमा रहेको रत्ननगर महोत्सव, खिचरा महोत्सव तत्काल बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

चितवनसहित देशैभर कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि प्रशासनले यस्तो निर्णय गरेको हो । चितवन महोत्सव हिजोबाट सुरु भएको थियो भने भोलिबाट रत्ननगर महोत्सव आयोजनाको तयारी थियो ।

त्यसैगरी कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम गर्नमा गृह मन्त्रालयले रोक लगाएको हो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने ।
अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था गर्ने, गृह मन्त्रालयको निर्णयमा भनिएको छ,जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने ।

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन पनि दिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement