0Shares

चितवन, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । २३ गतेदेखि शुरु भएको अधिवेशन २४ गते साँझ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल शैलेसले आज एक विज्ञप्ति प्रकाशित गरी अर्काे सूचना नभएसम्मको लागि अधिवेशन पुनः स्थगित गरिएको जनाईएको छ ।

विज्ञप्तिमा कोरोना भाइरसको तेस्रो भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएकोले कार्यकर्ताको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै अधिवेशनको निनर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाईएको छ ।

एमाले चितवनको अधिवेशन पुस २३ गते उद्घाटन र २४ गते बन्द सत्र भएको थियो । बन्द सत्रले पार्टी अध्यक्ष रावलद्वारा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदन र कार्यालय सचिव चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । निर्वाचन प्रक्रिया शुरु हुनु अघि अधिवेशन स्थगित गरिएको हो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement