0Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदैछन्।

दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन्। ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन्। प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान संशोधन प्रस्ताव हलबाट अनुमोदन भएपछि संशोधित विधान अनुसार केन्द्रीय समिति चुन्न निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए ।

माओवादी विधानमा बन्द सत्रबाट केन्द्रीय समिति निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रावधान छ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement