चितवनसहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना
चितवन,पुस १३-
पश्चिमी वायुको प्रभावका कारण चितवनसहित देशभरीको मौसम बदली भएको छ। मौसम बदलीका कारण बिहानैदेखि चितवन र आसपासका जिल्लामा घाम लागेको छैन। चितवनमा जाडो बढेको छ। हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण दिनप्रतिदिन चिसो बढ्दै गएको हो।
यस्तै आज राती देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरुमा मध्य वर्षाको संभावना रहेको छ। उच्च पहाडी भू-भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको छ। आगामी तीन दिनको अवधिमा देशभर धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने जनाइएको छ। देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















