लगानीकर्तालाई अर्थमन्त्रीको आश्वासन : ‘पुँजी बजारको दिगो विकासका लागि लागिरहेको छु’
अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको दिगो विकासका लागि आफु लागि परेको बताएका छन् । मंगलबार राजधानीमा बसेको आम सेयर लगानीकर्ता (संयुक्त कार्यदल) सँगको भेटवार्तामा अर्थमन्त्रीले आफु सेयर बजारप्रति निकै संवेदनशील रहेको र यसको दिगो विकास एवम् विस्तारमा लागि रहेको बताए ।
सोही अवसरमा मन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेको प्रमुखको नियुक्तिको सम्बन्धमा समेत बोल्दै छिटोभन्दा छिटो नेतृत्वलाई पूर्णता दिने र सोसँगै सेयर बजारमा अहिले देखिएको समस्या समाधान हुने बताए ।
मंगलबार सेयर बजार लगानीकर्ताहरुको संयुक्त कार्यदल तथा पुँजी बजार सुदृढीकरण बृहत कार्यदलका पदाधिकारीहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी पुँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ति र ५८ बुँदेका बाँकी कामहरु पुरा गरी तत्काल गर्नुपर्ने सुधारका कार्यहरु अघि बढाउन माग गरेका थिए ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















