एमालेले गठन गर्यो ४५ सदस्यीय स्थायी कमिटी
एमाले केन्द्रीय कमिटी बैठक । तस्बिर सौजन्य : एमाले नेता विष्णु रिजाल
0Shares
काठमाडौँ — नेकपा (एमाले)ले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । भक्तपुरमा जारी रहेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको गठन गरेको हो । जसमा घनश्याम भूसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी रहेका छन् ।
त्यसैगरी रघुजी पन्त, भानुभक्त ढकाल, मणि थापा, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे गोरख बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ र हिक्मत कार्की रहेका छन् । एमालेको विधानमा १९ सदस्यीय पदाधिकारीसहित ४५ सदस्यीय हुने छ ।
त्यसैगरी विभिन्न केन्द्रीय निकायमा प्रमुखहरु स्थायी कमिटीका पदेन सदस्य हुन्छन् ।
0Shares
सम्बन्धित खवर
-
रसुवामा ठूलो बाढी आएपछि गृह ...
-
१० भदौ, काठमाडौं । रसुवाको ...
















