0Shares

भरतपुर ÷भरतपुर महानगरपालिका वडा नं ११ मा शंकर शितल स्मृति प्रतिष्ठान भवनको शिलन्यास गरिएको छ ।

चितवन जिल्ला क्षेत्र नं २ ख का प्रदेश सांसद विजय सुवेदीले उक्त भवनको शिलन्यास गर्नुभएको हो। भवन शिलन्यास गर्दै सांसद सुवेदीले विभिन्न सामाजिक काम गर्दै आएको प्रतिष्ठानले यस पटक भने शंकर र शितललाई दिर्घकालीन रुपमा सम्झने गरी काम गरेको बताउदै सक्दो सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष वावुराम अधिकारीले वडा नम्वर ११ ले हनोहार दुइृ युवालाई गुमाएको बताउदै उक्त भवन निर्माणका लागि वडावाट रु १० लाख वजेट विनियोजन गरिएको बताउनु भयो ।

शंकर शितलको चौथो स्मृति दिवसका अवसर पारेर उनीहरुको सम्झनामा प्रतिष्ठान बनाउन लागिएको हो । वि.स. २०७४ मंसिर २१ गते संसदिय चुनावका दौरानमा दुर्घटनामा परी दिवंगत भएका भरतपुर ११ निवासी शंकर भण्डारी र शितल वोहोराको स्मृतिमा शंकर शितल स्मृति प्रतिष्ठानले भवन बनाउन लागेको प्रतिष्ठानका अध्यक्ष शम्भु भण्डारीले बताउनु भयो ।

जखडीमाई आधारभुत विद्यालयको क्षेत्रमा भवन रहने गरी भवन शिलन्यास गरिएको छ । भवन सम्पन्न भएपश्चात भने भवन विद्यालयले समेत प्रयोग गर्न पाउने प्रतिष्ठानका अध्यक्ष भण्डारीले बताउनु भयो ।

सोही अवसर पारेर प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना समेत गरेको छ । कार्यक्रममा ५४ जनाले रक्क्तदान गर्दै गरेका थिए । यस अघि पनि प्रतिष्ठानले विभिन्न आश्रममा खाना र फलफुल सहयोग गर्दै आएको प्रतिष्ठानका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement