चितवन । एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्काउन चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा नेता भट्टराई एमालेलाई जिस्काए गैँडाले जस्तै लखेट्ने चेतावनी दिए ।
एमाले महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा आलोचना गर्नेहरुलाई लक्षित गर्दै उनले एमाले र गैडामा समानता रहेको तर्क सुनाए । ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो,’ उनले भने, ‘गैँडा यति सज्जन हुन्छ कि उ उसको त्यसलाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले त्यस्तै छ,’
उनले थपे, ‘एमाले शान्त छ, आफ्नो बाटोमा छ, आफ्नो भिजनमा छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन, गैँडासँग हाम्रो यो समानता छ ।’
एमालेलाई जिस्क्याए त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्ने चेतावनी भट्टराईले दिए ।
भट्टराईले चितवन महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने बताए । उहाँले ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ र प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताए ।
एमालेको महाधिवेशनको उद्घाटनसत्रमा ७ लाख बढी जनता सहभागी भएको दाबी गर्दै उनले भने, ‘हामीले रकेर्ड बनाइसक्यौं, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रर्दशन नगर्ने निर्णय गरेका छन् ।’
कार्यक्रम प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















