0Shares

चितवन, मंसिर १५-

चितवनमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार ३०४ जनाको पिसिर्यार र दुई जनाको एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाको ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चितवनमा आज तीन कोरोेना संक्रमित संक्रमण मुक्त भएर घर फकिएका छन् भने भरतपुर अस्पतालमा दुई संक्रमितले ज्यान गुमाएका छन् ।

हाल चितवनमा १८१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् जसमध्य विभिन्न अस्पतालको आइसोलेसनमा सात र घरको आइसोलेसनमा १७४ जना रहेको कार्यालयले जनाएको छ ।

आज दुई जनाको मृत्यु भएसगैँ चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३२ पुगेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement