महाधिवेशनमा मतदान सकियो, २ हजार ९६ मत खस्यो
0Shares
सौराहा, १४ मंसिर । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा २ हजार ९६ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालका अनुसार मतदान सकिएको छ ।
एमालेका २ हजार १ सय ५३ प्रतिनिधि मतदाता हुन् । अब केही समयपछि नै मतगणना हुने दाहालको भनाई छ । मङ्सिर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास गरिएपनि नभएपछि आज विहान ४ बजेबाट मतदान सुरु भएको थियो । विहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का उमेद्वार भीम रावलले मतदान गरेपछि सुरु भएको थियो ।
निर्वाचन आयोगका अनुसार मतगणना १२ बजेबाट चल्ने जनाइएको छ । हिजो राति ९ बजे मतदान प्रकृया अगाडि वढाउने भनेपनि उमेद्वारी फिर्ताको लागि भन्दै समय लम्व्याइएको थियो ।
अध्यक्षमा दुइ, उपाध्यक्षमा ६ पदका लागि सातजना, सचिवमा ७ पदका लागि ९ जनाले उमेद्वारी दिएका छन् । निर्वाचन आयोगका अनुसार मतगणना थालेको दुई देखि तीन घण्टापछि परिणाम आउने छ ।
0Shares
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















