एमालेमा अन्ततः निर्वाचन हुने, निर्वाचन कार्यतालिका सार्वजनिक
लामो समयको प्रतीक्षापछि एमालेको नया नेतृत्वका लागि अन्ततः निर्वाचन हुने भएको छ । एमाले निर्वाचन अयोगका अध्यक्ष विजय सुब्बाले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मतदाता नामावली प्रकाशन आइतबार राति ११ बजेको समय राखिएको छ । त्यस्तै, मतदाता नामावलीउपर दाबी, विरोध र सुधारको समय १५ मिनेट राखिएको छ ।
सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली र त्यसमाथिको दाबीवरोध एवं सुधारको समय घर्किइसकेको छ ।
११ बजेर २० मिनेटपछि ५ मिनेटमा दाबी विरोध र सुधारका लागि परेको सूचना प्रकाशित गर्ने समय छुट्याइएकोमा ५ मिनेटमा दाबी विरोधमाथि छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने समय निर्धारण गरिएको छ ।
राति ११:३० देखि एक घण्टाको समय उम्मेदवारी दर्ताका लागि दिइएको छ । राति सवा २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ ।
सोमबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















