0Shares

सौराहा । नेकपा एमालेका युवा नेता महेश बस्नेतले बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने र ८ बजेसम्ममा नेतृत्व छनोटको काम सम्पन्न हुने बताउनु भएको छ । ‘वरिष्ठ उपाध्यक्ष र महासचिवमा विवाद छ भनेर बाहिर भने पनि भित्रि रुपमा समझदारीको अन्तिम तयारी भएको छ भन्ने जानकारी प्राप्त भएको छ,’ बस्नेतले नवयुगसँग भन्नुभयो, ‘मेरो जानकारी अनुसार साँझ ७ बजेबाट बन्दसत्र सुरु हुन्छ र ढिलोमा साँझ ८ बजेसम्ममा सर्वसम्मत नेतृत्व छनोटको काम सम्पन्न गर्ने गरी तयारी भएको छ ।’

उहाँले नेकपा एमालेको दसौँ महाधिवेशनमा आम प्रतिनिधिको भावना बरु केही समय ढिला होस् तर बहुआयमिक पक्षलाई ध्यान दिएर सम्र्वसम्मत नेतृत्व छनोट होस् भन्ने रहेको र त्यहि अनुसार प्रक्रिया अघि बढेको पनि बताउनुभयो । ‘सबैको भावना अुनसार नै बन्दसत्र हलबाट केन्द्रीय कमिटीको टिम बनाउने जिम्मा सम्माननीय पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिऔँ भन्ने रहयो,’ उहाँले भन्नुभयो, ‘त्यसैले बन्दसत्रको गरिमामय हलले नेतृत्व चयन गर्ने कुरामा नेतृत्वकर्ताको भूमिका लिनुभएका ओलीलाई नै जिम्मा दिने अत्याधिक बहुमतले निर्णय गर्यो ।’
युवा नेता बस्नेतले पार्टी अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व छनोटको तयारी गर्ने सन्दर्भमा सबै प्रदेशका इञ्चार्ज अध्यक्ष र सचिवलाई राखेर भूगोलको एक खालको तयारी गर्ने जिम्मेवारी दिएको बताउनुभयो ।

‘त्यसैगरी विभिन्न क्लस्टर जस्तै आदिवासी–जनजाति, दलित, मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, महिलालाई त्यहि क्षेत्र हेर्ने नेताहरुलाई पनि राखेर उहाँले जिम्मेवारी दिनुभयो,’ उहाँले भन्नुभयो, ‘उहाँहरुबाट आएका नामलाई महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतले अन्तिमरुप दिनुभयो । विभिन्न चरणमा अन्य नेताहरुले पनि सुझाव दिनुभएको छ । हामीले पनि केही सुझाव दिएका छौँ । यी सबै सन्दर्भ हेर्दा करीब सहमतिको अन्तिम तयारी भएको भन्ने जानकारी प्राप्त भएको छ ।’-नवयुगबाट साभार

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement