0Shares

सौराहा । नेकपा एमालेको दसौँ महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सुरु भएको छ । नेकपा एममाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रमा शुक्रबार मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयसहितको विधान संसोधन प्रस्ताव पेश गरिनेछ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध भएको सन्देश दिने उदेश्यले नेताको पद व्यवस्थापनलाई सहज बनाउन केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ ।

एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएको छ भने एमालेका आयोग २५ सदस्यीय हुने भएका छन् । पदाधिकारी संख्यासमेत थप गरिएको छ । अब उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुनेछ ।

बन्दसत्रमा विदेशबाट बोलाइएका अतिथिहरूले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने पनि कार्यक्रम छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement