चितवन , कार्तिक १३ – चितवनमा पहिलोपटक क्याट स्टेरिलिजेसन क्याम्प २०२१ सम्पन्न भएकाे छ । राेट्रयाक क्लव अफ नारायणगढ, क्याट एनिमल हस्पिटल, क्याट अफ नेपाल र एनिमल हेभन भेटेनरी केयरकाे संयुक्त आयाेजनामा जेसिज भवन नारायणगढमा भएकाे कार्यक्रममा विभिन्न बिरालाेसंग सम्बन्धित ब्यक्ति तथा संस्थाहरुकाे सहभागिता रहेकाे थियाे । प्राचीन कालदेखि नै मानिसकाे अभिन्न मित्रकाे रुपमा रहेकाे घरपालुवा जनावर बिरालाेलाइ पनि माया र उपचारकाे आवश्यकताकाे महसुस गरि बिरालाे संग सम्बन्धित क्याम्प चलाइयकाे आयाेजक मध्यकाे एक राेट्रयाक क्लव अफ नारायणगढका अध्यक्ष प्रयास श्रेष्ठले बताउनु भयाे । आफुहरुले बिरालाे सम्बन्धि चितवनमै पहिलाेपटक कार्यक्रम गरियकाे भन्दै श्रेष्ठले सबैजनाले बिरालाेलाइ माया गर्न आग्रह गर्नुभयाे । क्याम्पमा ९ ओटा बिरालाेकाे उपचार गरिएकाे थियाे ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















