धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी
0Shares
धादिङ,कार्तिक ७-
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ। ३६ जना यात्रु लिएर सुर्खेतबाट काठमाण्डौका लागि छुटेको ना ६ ख १४७१ नम्बरको बसमा आज बिहान ४ बजेतिर आगलागी भएको हो।
बसका यात्रु सकुशल रहेका छन्। तर बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसको इञ्जिनबाट धुवाँ निस्किने बित्तिकै बस रोकेर यात्रुहरु बाहिर निकालेका कारण मानवीय क्षति हुनबाट जोगिएको हो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















