एमालेको महाधिवेशन चितवनमा हुने
यस्तो छ एमाले महाधिवेशन मूल व्यवस्थापन समिति
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय आज बसेको स्थायी कमिटी बैठकबाट भएको हो ।
महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रुपमा लिइएका छ ।
बादलको नेतृत्वमा मूल व्यवस्थापन समिति
नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि नेता रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।
एमाले प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, राजन भट्टराई, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् ।
त्यस्तै सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट समेत एक-एकजना रहनेगरि मूल व्यवस्थापन समिति गठन भएको ज्ञवालीले जानकारी दिए ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















