0Shares

कालिका , असोज ३१
पत्रकार द्वारिका नेपालको मष्तिस्कघातका कारण असामयिक निधन भएको छ। कालिका एफएममा लामो समय देखी समाचार शाखामा कार्यरत कुशल समाचार वाचक नेपालको काठमाडौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको नेपालका भाई सालिग्राम नेपालले जानकारी दिनुभयो ।

गत असोजको २५ गते दशैँ मनाउन पुखौर्ली घर रौतहट जाने क्रममा बाराको निजगढ नजिकै तामागढी जंगलमा पुग्दा विहान ९।३० बजे अचानक बेहोस भएर अर्धचेत अवस्थामा पुगेपछि तत्कालै एम्बुलेन्सबाट चितवन मेडीकल कलेजमा उपचारको लागि ल्याएर राखीएको थियो । यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाडौको ग्राण्डी अस्पतालमा आइसीयुमा उपचार गरिरहनु भएको थियो ।
कालिका एफएममा २०६२ साल देखी समाचार शाखामा कार्यरत हुनुहुन्थ्यो २०३२ साल बैशाख ११ गते चितवनको गीतानगरमा जन्मीनुभएका नेपालको श्रीमती, एक छोरी र एक छोरा हुनुुहुन्छ । नेपाल चितवनका विभिन्न शिक्षण संस्थामा लामो समयदेखि आवद्ध हुनुहुन्थ्यो।नेपालले साहित्य क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याउनभएको थियो । नेपाल गजल मञ्च चितवनका अध्यक्ष , अक्षर समूह चितवनका उपाध्यक्ष र साहित्य संगम चितवनका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।

नेपाल पत्रकार महासंघका सदस्य पनि रहनुभएका नेपाल प्रेस चौतारी बागमति प्रदेश समितिका सदस्य पनि हुनुहुन्थ्यो ।
दिवंगत पत्रकार नेपालप्रति चितवनपत्र डटकमका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समवेदना ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement