0Shares
पोखरा । अहिले चियाको मूल्य कति पर्ला ? २० रुपैयाँ । तर पोखरामा भने दुई रुपैयाँमा चिया पिउन पाइने भएको छ । विगत दुई वर्षदेखि बगरमा संचालन भइरहेको चियादानीले दसैँको अवसरमा दुई रुपैयाँको नोट लिएर जानेलाई चिया पिलाउन सुरु गरेको छ ।
चियादानी सञ्चालक सुदीप पौडेलले भने, ‘जोसँग दुई रुपैयाँको नोट छ उसैले मात्र चिया पिउन पाउनेछ। सिक्काको पैसा भएर हुँदैन, दुई रुपैयाँको नोट नै चाहिन्छ ।’
पछिल्लो समय दुई रुपैयाँको नोट हराउँदै गएकोले नोटको संरक्षणका लागि पनि आफूले यो कन्सेप्टलाई अगाडि सारेको उनले बताए ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















